ईस्ट बंगालको देवाल लेखनमा असभ्य भाषामा लेखिएको गालीगलौजको समर्थकहरूद्वारा निन्दा

सिलगढी : ईस्ट बंगालको देवाल लेखनमा असभ्य भाषामा गालीगलौज लेखिएकोले ईस्ट बंगालका समर्थकहरूले उक्त घटनाको घोर निन्दा गरेको छ। प्राप्त जानकारीअनुसार ईस्ट बंगालका समर्थकहरूले शताब्दी मनाइरहेका छन्। यसै क्रममा सिलगढी कञ्चनजङ्घा स्टेडियमको देवालमा समर्थकहरूले देवाल लेखन गरेका थिए भने उक्त लेखनमाथि केही युवकहरूले असभ्य भाषामा गालीगलौज लेखेको बताइएको छ। प्रत्यक्षदर्शी सुब्रत कुमार दासले बताएअनुसार गत राति लगभग 11 बजेर 15 मिनटमा तीनजना युवकले उक्त देवाल असभ्य भाषामा गालीगलौच लेखेको देखेपछि उक्त युवकहरूसित कुराकानी गर्न जाँदा ती युवकहरू त्यहाँबाट भागेको तिनले बताए। सुब्रत कुमार दास पनि ईस्ट बंगालको समर्थक हुन्। अर्कोतिर, घटनाको जानकारी पाएर आज ईस्ट बंगालका समर्थकहरू घटनास्थलमा पुगेर यसको घोर निन्दा गरे। ईस्ट बंगालका समर्थक अनुप बसुले बताएअनुसार कुनै पनि खेलाडीले यस प्रकारको जघन्य कृत्य गर्न नसक्ने बताउँदै चाँडै यसबारे थानामा मामिला दर्ता गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *