ईस्ट बेङ्गल फ्यान क्लब-द्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : ईस्ट बेङ्गल फ्यान क्लबको स्पोर्टस् डे-को अवसरमा आज रक्तदान शिविरको आयोजना गरियो। ईस्ट बेङ्गल फ्यान क्लबका दीपक दासको जन्मदिनको उपलक्ष्यमा यो दिन स्पोर्टस् डे-को रूपमा पालन गर्दै आइरहेको छ। हाल कोरोना महामारीको कारण यस वर्ष क्लबको तर्फबाट रक्तदान शिविरको आयोजना गरेर 100 युनिट रगत सङ्ग्रह गर्ने लक्ष्य राखेको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले ईस्ट बेङ्गल क्लबको झण्डा उत्तोलन गरेर कार्यक्रमको शुरूआत गरे। उक्त शिविरमा संग्रह गरिएको रगत आवश्यकता अनुसार सिलगढी जिल्ला अस्पताल अथवा मेडिकल कलेज एवम् अस्पतालमा पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *