ईस्टर्न बाइपासमा अनियन्त्रित भएर पल्टियो मिनी ट्रक

सिलगढी : सिलगढीको ईस्टर्न बाइपास धाकेश्वरी मन्दिर संलग्न इलाकामा एउटा मिनी ट्रक अनियन्त्रित भएर पल्टियो। उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। प्राप्त जानकारीअनुसार गत राति उक्त मिनी ट्रक असिघरदेखि आमबारीतर्फ गइरहेको समय धाकेश्वरी मन्दिर नजिक अनियन्त्रित भएर पल्टेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले घटनास्थलबाट ट्रक चालकलाई उद्धार गरे। स्थानीय मानिसहरूले बताएअनुसार उक्त चालकले मातेको अवस्थामा तीव्र गतिमा ट्रक चलाएकोले गर्दा नै उक्त दुर्घटना भएको हो। घटनाको खबर पाए आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगे तापनि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटना जाँच शुरू गर्नको साथै ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर पुलिस थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *