आठ वर्षीय नानीलाई दुष्कर्म गरेपछि हत्या गर्ने व्यक्ति पक्राउ

अलीपुरद्वार:  आठ वर्षीय एकजना नानीलाई दुष्कर्म गरेपछि तिनको घाँटी निमोठेर हत्या गर्ने आरोपी शम्भू रायलाई पुलिसले पक्राउ गरेको छ। यो घटना अलीपुरद्वारको बारोबिशाको लाल स्कूल इलाकामा भएको थियो। मृतक पम्पी बर्मन तेस्रो श्रेणीका छात्रा थिइन्। प्राप्त जानकारी अनुसार गत मंगलवार पम्पी स्कूलबाट फर्किएपछि खेल्नको लागि गएकी थिइन्। तर तिनी अबेर समयसम्म पनि घर नआएपछि परिवारका सदस्यहरू तिनलाई खोज्न थाले। यसैबेला शम्भूकी स्वास्नीले पम्पीको एउटा जूता साथमा लिएर के यो जुत्ता पम्पी हो भनी सोध्न तिनकै घरमा गएपछि परिवारका सदस्यहरूले जुत्ताको पहिचान गरे। यसपछि सोधखोज गर्दा तिनले यो जुत्ता सडकमा शम्भुले भेट्टाएको हो भनी बताइन्। परिवारका सदस्यहरूले यस घटनाबारे पुलिसलाई जानकारी दिएपछि पुलिसले शम्भुसित सोधखोज गर्दा सन्देहको आधारमा तिनलाई पुलिस थानामा लिएर गए। यसपछि सोधखोज गर्दा पुलिस समक्ष तिनले आफुले पम्पीको दुष्कर्म गरेपछि हत्या गरेको कुरा स्वीकारे। तिनले पुलिसलाई दिएको जानकारी अनुसार पम्पी चिच्चाउन थालेपछि तिनको घाँटी दबाएर हत्या गरे अनि तिनको शवलाई रायडाक नदीको किनारमा माटोमा दफन गरिदिए। यसपछि पुलिसले रातिको समयमा नै नदीको किनारबाट पम्पीको शव उद्दार गरेर पोस्टमर्टमको लागि पठाइ दिएको बताइएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *