एडवर्डद्वारा नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी’-को नाम घोषणा

मिरिक : दार्जिलिङ पहाडमा आजदेखि फेरि एउटा नयाँ राजनीतिक दलको उदय भएको छ। आज मिरिकमा एउटा सानो कार्यक्रमबीच सामाजिक कार्यकर्ता तथा गोरामुमोका पूर्व नेता अजय एडवर्डले आफ्नो पार्टीको नाम हाम्रो पार्टी-को आधिकारिक रूपमा घोषणा गरे। स्मरण रहोस्, लद्दाखबाट गोरामुमो पार्टीबाट आफूले राजीनामा दिएको घोषणा गरेर दार्जिलिङ फर्किएपछि नयाँ राजनीतिक पार्टीको शुरूवात गर्ने एडवर्डले घोषणा गरेका थिए। सो घोषणा अनुसार नै जनताको सुझाउ, सल्लाह तथा तिनीहरूले दिएको विभिन्न नामकरणहरू मध्ये एक हाम्रो पार्टी-को नाम आज लगभग 78 दिनपछि आधिकारिक रूपमा सार्वजनिक गरे। यसको साथै आज पार्टीको झण्डा पनि सार्वजनिक गरियो। तथापि, केही दिनपछि लप्चुबाट अजय एडवर्डले पार्टीको शुरूवात भएको घोषणा गर्ने सम्बन्धित सूत्रले जनाएको छ।      


Leave a Reply

Your email address will not be published. Required fields are marked *