एडवर्ड फाउन्डेसनद्वारा बाटो सर-सफाईको लागि जेसीबी प्रदान

बिजनबारी: स्थानीय मानिसहरूको समस्यालाई ध्यानमा राख्दै गोरामुमो दार्जिलिङ ब्रान्च अध्यक्ष अजय एडवर्डद्वारा पुल बिजनबारी समष्टि अधीनस्थ गोक दुई ग्राम अन्तर्गत कोलबुङको विभिन्न बाटो सरसफाई तथा कोलबुङ सार्वजनिक खेल मैदान सफाईको निम्ति जेसीबी प्रदान गरियो। उक्त जेसीबीको सहयोगद्वारा लोअर कोलबुङ साधु झोडादेखि कैजले रोडसम्म सरसफाई गरियो। कोलबुङदेखि बिहिबारेसम्म जोड्ने बाटो तथा सार्वजनिक खेल मैदान चाँडै सर-सफाई गरिने भएको छ। उक्त कार्यको निम्ति स्थानीय नेता किरण राईले अजय एडवर्डप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *