एडवार्ड फाउण्डेशनद्वारा तीनधारेमा चिकित्सा शिविर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा एडवार्ड फाउण्डेशनको आयोजनामा चिकित्सा शिविर सम्पन्न गरियो। तीनधारे चिया बगानको प्राथमिक पाठशालामा हाम्रो पार्टी ट्रेड युनियनका उपसभापति थेबा तामाङ र बिगेन क्षेत्रीको विशेष उपस्थिति र दिशा निर्देशनमा एडवर्ड फाउन्डेशनद्वारा चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा तीनधारे चियाबारीका मोठ 70 जनाले आ-आफ्नो स्वस्थ जाँच गराए। शिविर आयोजना गरिदिएकोमा तीनधारे चियाबारीका मानिसहरूको पक्षमा दिपु तामाङले एडवार्ड फाउण्डेशन र शिविरमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *