एडवार्डस फाउण्डेशनद्वारा स्वास्थ्य जाँच शिविर

दार्जिलिङ : दार्जिलिङको तकभर समष्टि अन्तर्गत वार्नसबेग चिया कमानको प्राथमिक पाठशालामा एडवार्डस फाउण्डेशन र नर्थ पोइट एलोमाइ एसोसिएसन-को संयुक्त आयोजनामा आज स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त जाँच शिविरमा वार्नसबेग चिया कमान, लिम्बु बस्ती चिया कमान लगायत यसको वरिपरि क्षेत्रबाट आएका धेरैजना मानिसहरूले स्वास्थ्य जाँच गराए।


उक्त स्वास्थ्य जाँच शिविरमा विषेश गरेर आँखाको जाँच अनि स्वास्थ्य जाँच गरिएको एडवार्डस फाउण्डेशनको तर्फबाट बताइएको छ। स्मरण रहोस, एडवार्डस फाउण्डेशनले गत केही समय अघिदेखि नै पहाडको दुर्गम क्षेत्रहरूमा स्वास्थ्य जाँच शिविरको आयोजना गरेर विभिन्न ठाउँका रोगीहरूको जाँच तथा नि:शुल्क औषधीहरूको वितरण गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *