एकै रातमा पाँचवटा दोकानमा चोरी

मालदा : मालदाको मोथाबारी थाना अन्तर्गत पर्ने पञ्चनन्दपुरस्थित घिषना बजार इलाकामा एकै रातमा पाँचवटा दोकानमा चोरीको घटना घटेको छ। आज बिहान घटनाको खबर पाएर मोथाबारी थाना पुलिस घटनास्थलमा पुगेर घटनाबारे छानबीन गरे। प्राप्त जानकारीअनुसार हिजो अबेर राति केही दुष्कृतिहरूले दुईवटा राशन दोकानलगायत एउटा सुनको दोकान, एउटा मोबाइल दोकान र एउटा इलेक्ट्रोनिक दोकानको सर्टर भत्काएर चोरी गरेको बताइएको छ। यी मोठ पाँचवटा दोकानबाट लगभग 10 लाख रुपियाँको सामग्री चोरी भएको दोकान मालिकहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *