एकान्नवर्ती संस्थाको पहलमा नक्सलबारीमा फुटबल प्रतियोगिताको आयोजना

नक्सलबारी : एकान्नवर्ती संस्थाको पहलमा नक्सलबारी ब्लकको रथखोलामा जनजाति महिलाहरूको लागि एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरियो। राज्यका मन्त्री तथा एकान्नवर्ती संस्थाका सभानेत्री चन्द्रिमा भट्टाचार्यले उक्त प्रतियोगिताको उद्घाटन गरिन्। एक दिवसीय फुटबल प्रतियोगितामा 4 वटा दलले अंश ग्रहण गरेको छ। फुटबल प्रतियोगिताको विजयी टोलीलाई ट्रफी सहित पुरस्कार प्रदान गरिनेछ।  यस अवसरमा एकान्नवर्ती संस्थाका सदस्य सुस्मिता सेनगुप्त, राजीव प्रमाणिक, सजनी सुब्बा, जयन्ती किरो, विद्युत दास लगायत अन्य उपस्थित थिए। संस्थाका सदस्य सुस्मिता सेनगुप्तले बताएअनुसार जनजाति महिलाहरूलाई खेलाप्रति रुचि बढाउने उद्देश्य लिएर उक्त प्रतियोगिताको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *