एक वर्षीय बालिकाको मुटुमा छेद, उपचारको लागि बाबु-आमाद्वारा सहयोगको अपील

सिलगढी : सिलगढी नगरनिगमको 3 नम्बर वार्डस्थित गुरुङ बस्ती संलग्न महानन्दा किनार इलाका निवासी एक वर्षीय बालिकाको मुटुमा छेद रहेको छ भने आर्थिक रूपमा कमजोर परिवारले तिनको उपचार गर्न असमर्थ छन्। उक्त बालिकाको अपरेसनको लागि डाक्टरले 3 लाख रुपियाँ खर्च हुने बताए तापनि पेशाले दर्जी बाबुले सो रुपियाँ जुटाउन असमर्थ छन्। यसैले उक्त बालिकाको  बाबु-आमाले छोरीको उपचारको लागि सबैसित सहयोगको गुहार लगाएका छन्। बालिकाको आमा नुरजहाँ खातुनले बताएअनुसार केही महिनाअघि तिनको एक वर्षीय छोरी अचानक बिमारी भएपछि डाक्टर कहाँ जाँच गराउँदा छोरीको मुटुमा छेद रहेको थाहा पाइन्। छोरीको ज्यान बचाउनको लागि डाक्टरले तत्कालै अपरेसन गर्ने सुझाउ दिएको थियो। यसैले आमा नूरजहाँ खातुन र बाबु मोहम्मद जहाँगीरले आफ्नो छोरीको उपचारको लागि एक-एक रुपियाँ जम्मा गरिरहेका थिए। तर सिलगढी नगरनिगमले महानन्दा नदी किनारबाट अतिक्रमण हटाउने क्रममा उक्त परिवार पनि बेघर भएपछि हाल तिनीहरू भाडाको घरमा बस्दै आइरहेका छन्। यस्तो परिस्थितिमा छोरीको उपचारको लागि 3 लाख रुपियाँ जुटाउन उक्त परिवार असमर्थ छन्। यसैले छोरीको उपचारको लागि एक वर्षीय बालिकाको आमा-बाबुले सबैसित सहयोगको अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *