एक करोड़ 96 लाख रुपियाँ मूल्यको ब्राउन सुगर सहित दुई जना पक्राउ

सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले 1 करोड़भन्दा अधिक मूल्यको ब्राउन सुगरको साथमा महिला सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मालदा कालियाचकका याकुब खान र मतिगढा निवासी काजल साहाको रूपमा चिन्हित गरिएको छ। काजल साहले गत धेरै समय अघिदेखि मादक पदार्थको तस्करी गर्दै आरहेकी थिइन्। यसैगरी, याकुब खानले मालदाबाट सिलगढीमा ल्याएर मादक पदार्थको तस्करी गर्दथे। एसओजी सुत्र अनुसार भक्तिनगर थाना अन्तर्गत तीन नम्बर महानन्दा ब्रिजमा सन्देहको आधारमा दुवै आरोपीलाई छानबिन गर्दा तिनीहरूबाट 980 ग्राम ब्राउन सुगर उद्धार गरिएको छ। उक्त ब्राउन सुगरको बजार मूल्य एक करोड़ 96 लाख रुपियाँ रहेको बताइएको छ।एसओजी-ले कार्वाहीको लागि आरोपीहरूलाई भक्ति नगर थाना समक्ष सुम्पिदिएको छ। अर्कोतिर, आरोपीहरूलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर भक्ति नगर थाना पुलिसले आज जलपाइगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *