एक करोड मूल्यको साँपको विषसहित तीनजना पक्राउ

मालदा : मालदा क्राइम मनिटरिङ सेलका अधिकारीहरूले साँपको विषसहित तीनजना तस्करलाई शुक्रबार पक्राउ गरेपछि आज मालदा अदालतमा पेश गरियो। पक्रा परेकाहरू कालियाचोक थाना अन्तर्गत पर्ने शाहबाजपुर ग्राम पञ्चायतको बामनटोला निवासी 49 वर्षीय रफिक अली, 20 वर्षीय आशिक मण्डल र आकन्दबाड़िया निवासी 20 वर्षीय मासूद शेखको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार शुक्रबार राति मालदा शहरको झालझलिया इलाकास्थित एउटा निजी होटलबाट पुलिसले यी तीनजनालाई पक्राउ गर्नको साथै तिनीहरूबाट 1 किलो साँपको विष पनि उद्धार गरेको बताइएको छ। शनिबार दिउँसो एउटा पत्रकार सम्मेलन गरेर मालदा पुलिस अधीक्षक आलोक राजोरियाले यसबारे जानकारी गराए। उक्त साँपको विष एउटा जारमा बन्द गरेर राखेको थियो भने उद्धार गरिएको साँपको विषको मूल्य लगभग एक करोड रुपियाँ रहेको बताइएको छ। वन्यप्राणी संरक्षण कानुन एवम् अवैध गतिविधिहरूको लागि आरोपीहरूविरुद्ध मामिला दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *