एकेनबाबू कहानीको लेखक सुजान दासगुप्ताको निधन

एकेनबाबू कहानीका लेखक सुजान दासगुप्तको निधन भएको छ। आज बिहान कोलकाताको बाइपास संलग्न इलाकास्थित फ्ल्याटबाट सुजान दासगुप्तको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज तिनको नोकरनी घरमा काम गर्न आउँदा घरको दैलो भित्रबाट बन्द रहेको थियो। यसपछि तिनले धेरैपल्ट तिनलाई आवाज दिए तापनि नसुनेपछि सुरक्षा गार्डलाई बोलाएर फेरि तिनलाई बोलाउँदै कुनै जवाब नआएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर फ्ल्याटको दैलो भत्काएर भित्र गएर हेर्दा सुजान दासगुप्तको शव उद्धार भएको बताइएको छ। हिजो सुजान दासगुप्तको स्वास्नी शान्ति निकेतन गएकी थिइन् भने तिनको छोरी अमेरिकामै बस्दै आइरहेकी छन्। एकेन्द्र सेन बंगाली साहित्यको एउटा लोकप्रिय पात्र हो। सुजान दासगुप्तको चरित्र एकेनबाबूले खुबै लोकप्रियता हासिल गरेको थियो। यसपछि तिनको कहानीमाथि वेब सीरीज र फिल्महरू निर्माण गरिन थाल्यो। लेखकको निधनले कला जगतमा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *