एकजना व्यक्तिलाई कुटपीट गरेको पुलिसविरुद्ध अभियोग

सिलगढी : एकजना व्यक्तिलाई कुटपीट गरेको पुलिस कर्मीविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको 2 नम्बर गेट अघि उभिरहेको समय एकजना व्यक्तिको पुलिस कर्मीसँग सामान्य वाद-विवाद हुँदा तिनलाई पुलिसले कुटपीट गरेको आरोप लगाइएको छ। उक्त घटनाको खबर पाएर पुलिस वाहिनी घटनास्थलमा पुगेर घाइते व्यक्तिलाई उद्धार गरेपछि उपचारको लागि सिलगढी जिल्ला अस्पतालमा लगेको छ। पुलिस कर्मीले उक्त व्यक्तिलाई के कारणले कुटपीट गरेको भन्नेबारे हालसम्म स्पष्ट नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *