एकजना व्यक्तिलाई लुटपाट गर्ने आरोपी महिला पक्राउ

सिलगढी : एकजना व्यक्तिलाई फोन मार्फत् बोलाएर लुटपाट गरेको आरोपमा एनजेपी थाना पुलिसले एउटी गृहिणीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। सिलगढीको मतिगढास्थित पतिरामजोत निवासी आलोक दासकी स्वास्नी अञ्जलि दासले बताएअनुसार तिनको लोग्ने ठगीको शिकार भएको छ। उक्त इलाकाकै रीमा राय नाम गरेकी एउटी गृहिणीसित तिनको लोग्नेको मित्रता भएको थियो भने गत 6 जनवरीमा रीमाले फोन गरेर तिनको लोग्ने आलोकलाई सिलगढी नजिक गजलडोबामा भेट्न बोलाएकी थिइन्। यसपछि रीमाले गजलडोबामा अलोकलाई रक्सी खुवाएर तिनको सबै समानहरू लुटेर लगेको अञ्जलि दासको आरोप रहेको छ। घटनापछि गजलडोबा आउटपोस्ट पुलिसले आलोकलाई उद्धार गरे। घटनाबारे आलोकको स्वास्नी अञ्जलिले एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी महिला रीमा रायलाई पक्राउ गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *