एकजना नगर पार्षदिकालाई भागोप्रमो-मा आउने प्रस्ताव दिएको नगर पार्षद दिपेन ठकुरीको फोन रेकर्ड भाइरल

दार्जिलिङ: दिपेन ठकुरीले हाम्रो पार्टीको एकजना नगरपाषर्दिकालाई रूपियाँको प्रलोभन देखाउँदै आफुहरूको पार्टीमा सामेल हुने प्रस्ताव दिएको फोन रेकर्ड भयो भाइरल। हाम्रो पार्टीको ब्यानरबाट निर्वाचित भएका दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 2-को नगरपार्षद दिपेन ठकुरीको फोन रेकर्ड अहिले जता-ततै सोसल मीडियामा भाइरल भइरहेको छ। स्मरण रहोस, दिपेन ठकुरी लगायत 5 जना नगरपार्षदहरू हिज विहिबार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि दार्जिलिङ नगरपालिकामा बोर्ड गठन गर्ने दिशामा लागी परेको छ। फोनमार्फत दिपेन ठकुरीले हाम्रो पार्टीको एकजना नगरपाषर्दिकालाई दार्जिलिङ नगरपालिकामा अब हामी बोर्ड गठन गर्दैछौ, हाम्रो बोर्ड गठन भएपछि हामी सबैको निम्ति बले-बले हुनेछ भन्दै हामीसँग आउँ भनी लोभ देखाएका छन्। उक्त भाइरल भएको फोन रेकर्डमा दिपेन ठकुरीले महिला नगरपाषर्दिकालाई रूपियाँ पैसा जे-जति हुन्छ हामी बाँडेर खानेहरू हौ, तिमी आज नै सिलगढी आउँ तिम्रो भाग मागेर राखीदिन्छु समेत भनेका छन। फोन रेकर्डमा दिपेन ठकुरीले हाम्रो पार्टीको महिला नगरपाषर्दिकालाई नानी भन्ने शब्द प्रयोग गरेको छ। हेर नानी, यो तिम्रो लागि ठूलो अवसर हो, यो अवसरलाई तिमी नगुमाउँ, तिम्रो पढदै गरेको नानीको भविष्यलाई सम्झेर आज नै सिलगढीको गाडीमा चढेर आउँ, हामी तिमीलाई सिलगढीको दार्जिलिङ मोडमा रिसिफ गर्नेछौ, लुगा-फाटा केही नलिइ आउँ, हामी यहाँ नै सबै किनिदिने छौ समेत भनेका छन्। अर्कोतिर, भाइरल भएको फोनमा बोल्ने व्याक्ति नगर पार्षद दिपेन ठकुरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दावी गरेका छन् भने तिनले पहाडमा रूपियाँ पैसाको प्रलोभन देखाउँदै जनताको मत फटाफट किन्ने काम हुँदैछ, गणतन्त्रको हत्या हुँदैछ भन्ने आरोपहरू लगाउँदै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *