एक नम्बर बोरोमा पुरानो मनी रिसिप्टको नाममा अवैध धन्दा चलेको खुलासा

सिलगढी : सिलगढी नगरनिगमको एक नम्बर बोरो कार्यालयमा घरको प्लान पास गर्ने नाममा कालो धन्दाको खुलासा भएको छ। यस खुलासा भएपछि एक नम्बर बोरोमा खुलदुली मच्चिएको छ। यस कुराको खुलासा भएपछि आज एक नम्बर बोरो चेयरम्यान स्निग्धा हाजराले पहिला यस कुराको जानकारी नभएको तर दुई दिनअघि घटनाबारे थाहा पाएको बताइन्। यसपछि तिनले पुरानो मनी रिसिप्ट नगरनिगमका सचिवलाई जम्मा दिएको छ। एक नम्बर बोरोले यस मामिलाको तहसम्म जानको लागि छानबीन शुरू गरेको छ। अर्कोतिर, सिलगढी नगरनिगमका विपक्षी नेता रञ्जन सरकारले एक नम्बर बोरोमा पुरानो मनी रिसिप्टको कालो धन्दा कसको देखरेखमा चल्दैछ यसबारे साधारण मानिसहरूलाई थाहा रहेको दावी गरेका छन्। तिनले साधारण मानिसहरूलाई आउँदो दिनहरूमा यसको जवाब दिनुपर्नेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *