एक नम्बर वार्डबाट तृणमूल प्रार्थी सञ्जय पाठक विरुद्ध तृणमूलकै  नेता बीरेन्द्र कपूर उर्फ मासूमले निर्दलीय प्रार्थीको रूपमा बुझाए नामाङ्कन

सिलगढी : सिलगढी नगर निगम चुनाउको लागि उम्मेदवारहरूको तालिका प्रकाशित भए देखि नै तृणमूल कङ्ग्रेसमा आपसी मतभेद जारी रहेको देखिन्छ। टिकट नपाए पछि रूष्ट बनेका केही नेताहरूले निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड़ने निर्णय लिएका छन्। हालसम्म तृणमूल कङ्ग्रेसका 6 जना नेताले निर्दलीय उम्मेदवारको रूपमा मनोनयन पत्र भर्ने निर्णय लिइसकेको बताइएको छ। नगर निगमको 1 नम्बर वार्डका तृणमूल उम्मेदवार सञ्जय पाठक विरुद्ध तृणमूल नेता बीरेन्द्र कपूर उर्फ मासूमले पनि नामाङ्कनको अन्तिम दिन आज निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लड़ने निर्णय लिएका छन्। आज एक नम्बर वार्डबाट बीरेन्द्र कपूर उर्फ मासूमले आफ्नो दलबल सहित महकुमा शासक कार्यालयमा गएर निर्दलीय उम्मेदवारको रूपमा नामाङ्कन भरे। बीरेन्द्र कपूरले बताए अनुसार पार्टीको टिकट आफुले पाउन पर्थ्यो तर एक नम्बर वार्डमा परिवारवाद चलिरहेको छ। सिलगढीका केही नेताहरूको प्रभावले गर्दा एक नम्बर वार्डबाट सञ्जय पाठकले टिकट पाए हो भन्ने पनि तिनले आरोप लगाए। तिनले अझ भने, एक नम्बर वार्डको जनता यसलाई स्वीकार गर्न तयार छैन। एक नम्बर वार्डको जनताको इच्छा अनुसार नै आफु निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लड़ने निर्णय लिएको हुँ अनि आज आफ्नो मनोनयन पत्र दर्ता गरेको छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *