एक नम्बर वार्डका निर्दलीय प्रार्थीको बुथ कार्यालयमा आगो लगाइदिएको तृणमूल विरुद्ध आरोप

सिलगढी : सिलगढी नगरनिगम चुनाउको एक नम्बर वार्डका निर्दलीय उम्मेद्वार वीरेन्द्र कपूर उर्फ मासूमको बुथ कार्यालयमा आगो लागेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि वार्डको माहौल निक्कै गर्मिएको छ। प्राप्त जानकारी अनुसार एक नम्बर वार्डको साउथ अम्बेडकर कोलनीमा निर्दलीय उम्मेद्वार वीरेन्द्र कपूरको 45 नम्बर निर्वाचनी बुथ कार्यालयमा अचानक आगो लागे तापनि स्थानीय मानिसहरूको तत्परतामा उक्त आगोलाई नियन्त्रणमा ल्याइयो। निर्दलीय उम्मेद्वार वीरेन्द्र कपूरले भने, गत राति स्थानीय मानिसहरूले फोनमार्फत् चुनावी कार्यालयमा आगो लागेको खबर दिएपछि तत्कालै घटनास्थलमा पुगे। उक्त आगो कसैले लगाइदिएको बताउँदै तृणमूल उम्मेदवार संजय पाठकमाथि घटनालाई अन्जाम दिएको आरोप लगाए। तिनले घटनाबारे पुलिस तथा चुनाउ आयोगलाई अभियोग दर्ता गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *