इम्प्लोइज युनियन खरसाङ शाखाद्वारा विश्व नारी दिवस पालन

खरसाङ: एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाद्वारा विश्व नारी दिवस पालन गरियो। इम्प्लोइज युनियन खरसाङको कार्यालयमा सम्पन्न विश्व नारी दिवस समारोहको अध्यक्षता स्टेशन सुपरिटेन्डेन मिङ्गमा शेर्पाले गरेका थिए भने मुख्य अतिथिको रूपमा प्रशास प्रधान उपस्थित थिए। शाखा सचिव विशाल मुखिया र शाखा सभापति डिमु लेप्चाले सञ्चालन गरेको समारोहमा विश्व नारी दिवस विषयमा चर्चा परिचर्चा गरियो। समारोहमा रेलवे विभागमा कार्यरत नारीहरूलाई सम्मान जनाइयो। यसैगरी, रेलवे विभागमा कार्यरत नारीहरूको विभिन्न समस्याहरू विषयमा पनि चर्चा परिचर्चा गरियो।


यस अन्तर्गत नारीहरूको लागि अलग्गै शौचालय निर्माण गरिनुपर्ने, शयन कक्ष लगायत अन्य विभिन्न समस्याहरू विषयमा पनि चर्चा परिचर्चा गरियो। समारोहमा विश्व नारी दिवस पालन गर्नुको मुख्य उद्देश्य नारीहरू सबैजना संगठित भएर कार्य गर्नुपर्ने तथा नारी सशक्तिकरणको उद्देश्य राखेर पालन गरिएको डिमु लेप्चाले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *