इञ्जीनियरिङ कलेजको छपरबाट लड़ेर म्याकेनिकल छात्रको मृत्यु

कुचबिहार : कुचबिहार इञ्जीनियरिङ कलेजको चौथो वर्षका एकजना म्याकेनिकल छात्रको कजेलको छपरबाट झरेर मृत्यु भएको छ। मृतक छात्र विजन बारीक दक्षिण 24 परगना जिल्लाको डायमण्ड हर्बर निवासी थिए। सूत्र अनुसार आइतवार साँझ विजन बारीक इञ्जीनियरिङ कलेजको छपरबाट अचानक झरेपछि तिनलाई तत्कालै कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा पुऱ्याइए तापनि त्यहाँ नै केही समय पछि तिनको मृत्यु भयो। तथापि यस घटनाबारे कलेजका प्रन्सिपलले हालसम्म केही मन्तव्य प्रकट गरेका छैनन्। घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *