ईपीएफ-को ब्याज दर घटाएको प्रतिवादमा आईएनटीटीयुसी-द्वारा फुलबारीमा धरना

राजगञ्ज : केन्द्र सरकारको ईपीएफ-को ब्याज दर घटाएको प्रतिवादमा डाबग्राम-फुलबारी तृणमूल श्रमिक संगठन आईएनटीटीयुसी-को तर्फबाट आज फुलबारी मोडमा धरना प्रदर्शन गरियो। डाबग्राम-फुलबारी इलाकाका कर्मी तथा समर्थकहरू उक्त धरना प्रदर्शनमा सामेल भएका छन्। यस विषयमा डाबग्राम-फुलबारी आईएनटीटीयुसी-का सदस्य सुकान्त करले बताएअनुसार केन्द्र सरकारको ईपीएफ-को ब्याज दर 8.5 प्रतिशतबाट घटाएर 8.1 प्रतिशत गरिएकोले श्रमिकहरूमाथि कालो कानुन लगाएको प्रतीत हुँदछ। यसैले यसको प्रतिवाद जनाउँदै आज राज्यभरिकै ब्लक-ब्लकमा आईएनटीटीयुसी-द्वारा धरना प्रदर्शन गरिरहेको छ। चाँडै केन्द्र सरकारले ब्याजको दर 8.5 प्रतिशत नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्न बाध्य हुने तिनले चेताउनी दिएका छन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्का शिक्षा अधिकारी देवाशीष प्रामाणिक, फुलबारी आईएनटीटीयुसी-का कन्भेनर मोहम्मद सलिम, अञ्चल सभापति रबिउल करिम, डाबग्राम-फुलबारी महिला सभानेत्री लतिका राय र अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *