ईस्टर्न बाइपास संलग्न इलाकामा पिकअप भ्यानको धक्काले भ्यान चालक घाइते

सिलगढी : सिलगढी ईस्टर्न बाइपास संलग्न ठाकुरनगर इलाकामा पिकअप भ्यानको धक्काले एकजना भ्यान चालक घाइते भएका छन्। घाइते भ्यान चालक दक्षिण शान्तिनगर दुर्गा मन्दिर इलाका निवासी 50 वर्षीय कपिल देव पासवानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार कपिल देवले ईस्टर्न बाइपासमा भ्यानमा माल बोकेर लगिरहेको समय एउटा पिकअप भ्यान अनियन्त्रित भएर भ्यानलाई धक्का दिँदा भ्यान चालक घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइते भ्यान चालकलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर पिकअप भ्यान उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, पिकअप भ्यान चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। वाहन चालक मदपान गरेको अवस्थामा रहेको स्थानीय मानिसहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *