एक्साइज डिपार्टमेन्टद्वारा लाखौँ रुपियाँको रम-रक्सी सहित 3 जना पक्राउ

सिलगढी : बाघडुग्रा सर्कलको एक्साइज डिपार्टमेन्टका ओसी इन्चार्ज सुभाष हालदारको नेतृत्वमा अभियान चलाएर धेरै मात्रामा अरूणाचल प्रदेशको रम-रक्सी सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू उत्तर प्रदेश निवासी उमेश कुमार (45), महिलाल सिंह (60) र अमबीर सिंह (45) सामेल छन्।


सुभाष हालदारले दिएको जानकारी अनुसार युपी नम्बरको ट्रक अरुणाचल प्रदेशबाट धेरै मात्रामा रम-रक्सी बोकेर बिहार जाने गोप्य सुइँको पाएपछि एक्साइज डिपार्टमेन्टका टोलीले आज बिहान फुलबारी घोषपुकुर बाईपास नजिक नाका चेकिङ अभियान चलाएर अरुणाचल प्रदेशतर्फबाट आइरहेको एउटा यूपी नम्बर भएको बाँस बोकेको एउटा ट्रक रोकेर छानबीन शुरू गरियो। उक्त ट्रकमा बाँसको आड़मा लुकाएर राखिएको धेरै मात्रामा रम-रक्सी उद्धार गर्नको साथै तीनजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको रम-रक्सीको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *