एक्स स्टुडेन्ट फोरम दार्जिलिङ जिल्लाको तर्फबाट जगधात्री पुजाको आयोजना

सिलगढी : एक्स स्टुडेन्ट फोरम दार्जिलिङ जिल्लाको तर्फबाट सिलगढीको कलेजपाडामा जगधात्री पुजाको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देव लगायत प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, अलोक चक्रवर्ती, देवप्रिय सेन, उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीपन सेनगुप्ताले आज दीप प्रज्ज्वलन गरेर उक्त पुजाको उद्घाटन गरे। यस अवसरमा रञ्जन सरकारले भने, एक्स स्टुडेन्टहरू मिलेर जगधात्री पुजाको आयोजना गरेको हो। माता जगधात्रीको पुजा अर्चना गर्दै कोरोना महामारीको परिस्थितिबाट सबैले मुक्ति पाओस् भन्ने प्रार्थना गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *