फेसबुकले गर्दा विवाहित महिला लापत्ता

मिरिक: फेसबुकको चर्तिकलाले एकजना महिला लापत्ता भएकीले पीडित पतिले कञ्चनजङ्घा उद्धार केन्द्रमा अपील गरेका छन्। कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव रङ्गु सौरियालाई भेटेर खोज-तलासको निम्ति पति इन्द्र बहादुर बस्नेतले लिखित रुपमा निवेदन गरेका छन्। पति बस्नेत अनुसार बितेको 20 दिसम्बरदेखि पत्नी हराएकी छन्। कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव रङ्गु सौरियासँग आइतबार भेटेर आफ्नो पत्नीको खोजी गरिदिने निवेदन गरेका छन्। यस अवसरमा सचिव सौरियाले फेसबुकको कारण हाल धेरैजना महिला अनि युवतीहरु नराम्रो व्यक्तिहरूसित फँसिने गरेको बारेमा प्रकाश पारिन्। नक्सलबारी खण्ड अन्तर्गत पर्ने ताराबारी निवासी पति इन्द्र बहादुर बस्नेतकी पत्नी हराएकीले तिनी अधिक चिन्तित छन् भने यसबारे नक्सल पुलिस थानामा प्राथमिकी दर्ता पनि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *