फालाकाटाको जटेश्वरमा बदाम तथा पाट गोदाममा आगलागी

फालाकाटा : अलिपुरद्वार जिल्लाको फालाकाट ब्लकको जटेश्वर श्मशानघाट संलग्न इलाकामा रहेको एउटा बदाम तथा पाटको गोदाममा आज बिहान आगो लागेको घटना प्रकाशमा आएको छ। पापाई आइच नाम गरेको व्यवसायीको गोदाममा उक्त आगलागी भएको हो। उक्त गोदाममा आगो लागेको खबर पाएर स्थानीय मानिसहरूले आगो निभाउने प्रयास गर्नको साथै घटनाबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लगभग 70 हजार रुपियाँको क्षयक्षति भएको बताइएको छ। गोदाम मालिकले बताएअनुसार आज बिहानै उक्त गोदाममा आगो लाग्दा गोदाममा राखिएको लगभग 70 हजार रुपियाँ मूल्यको बदाम जलेर नष्ट भएको छ। उक्त गोदाममा कसैले आगो लगाइदिएको हुनसक्ने आरोप लगाउँदै तिनले घटनाका आरोपीहरूलाई पक्राउ गरेर सजाय दिइनुपर्ने माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *