फालाकाटामा बाङ्ग्ला सहायता केन्द्रको उद्घाटन

अलिपुरद्वार : फालाकाटामा आज बाङ्ग्ला सहायता केन्द्रको उद्घाटन गरियो। पश्चिम बंगाल सरकारको सबै परियोजनाबारे साधारण मानिसहरूलाई अवगत गराउन साथै तिनीहरूले आवेदन गरेर यसको फाइदा उठाउन सकोस् भन्ने उद्देश्य लिएर उक्त केन्द्रको उद्घाटन गरिएको बताइएको छ। पञ्चायत एवम् ग्राम विकास कार्यालयको पहलमा फालाकाटा सर्कल (फालाकाटा) र फालाकाटा नर्थ सर्कल (जटेश्वर)-मा दुईवटा बाङ्ग्ला सहायता केन्द्रको आज उद्घाटन गरियो। विशेष गरेर सरकारको विभिन्न परियोजनाको लागि अन लाइनको माध्यमद्वारा आवेदन गर्नुपर्ने भएकोले विद्यार्थी लगायत साधारण मानिसहरूले उक्त केन्द्रको माध्यमद्वारा अबदेखि निःशुल्क आवेदन गर्न सक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *