फालाकाटामा प्रार्थी सुभाष चन्द्र रायलाई जिताउने अपील गरिन् ममता ब्यानर्जीले

अलिपुरद्वार : फालाकाटामा तृणमूल प्रार्थी सुभाष चन्द्र रायको समर्थनमा आयोजित चुनावी जनसभामा आज तृणमूल नेत्री ममता ब्यानर्जीले अंश ग्रहण गरिन्। उक्त सभालाई सम्बोधन गर्दै तिनले विविध विकासमूलक कार्यहरूबारे उपस्थित मानिसहरूलाई जानकारी गराइन्। उक्त जनसभाको माध्यमद्वारा तिनले फालाकाटा विधानसभाका प्रार्थी सुभाष चन्द्र रायलाई विपुल मतले विजयी बनाउने सबैसित अपील पनि गरिन्। यसको साथै तिनले केन्द्रको भाजपा सरकारको खोइरो खनिन्। तिनले फालाकाटाबाट भाजपालाई पराजित गर्ने आहवान पनि गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *