फालाकाटामा पुष्प प्रदर्शनी शुरू

फालाकाटा : राज्य वन विभागको बागवानी शाखाको आयोजनामा फालाकाटा पञ्चायत समितिको सञ्चालनमा फालाकाटा पार्कमा आठौँ वार्षिक पुष्प प्रदर्शनी आजदेखि शुरू भयो। यस पुष्प प्रदर्शनीको फालाकाटा पञ्चायत समितिका अध्यक्ष सुरेश लालाले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा उत्तरबंग उद्यान तथा बागवानी शाखाको विभागीय वन अधिकारीहरू उपस्थित थिए। पुष्प प्रदर्शनीमा लगभग एक सयजना प्रतियोगीहरूले अंश ग्रहण गरेका छन् भने वनविभागको तर्फबाट पुरस्कारको व्यवस्था पनि गरिएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *