फालाकाटामा वाहनलाई ट्रकले धक्का दिँदा 2 जना घाइते

अलिपुरद्वार : अलिपुरद्वारको फालाकाटा ब्लक अन्तर्गत काजली हल्ट इलाकामा आज अपरान्ह सडक दुर्घटनामा परेर 2 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज अपरान्ह एउटा वाहन सडक किनारमा रोकेर राखेको समय एउटा ट्रकले उक्त वाहनलाई पछिल्तिरबाट धक्का दिँदा वाहनमा सवार दुईजना घाइते भएको बताइएको छ। घाइतेहरूलाई तत्कालै उद्धार गरेर वीरपाडा स्टेट जेनरल हस्पिटलमा लगियो। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *