फालाकाटा सुपर स्पीसिएलिटी अस्पतालमा सीसीयू-को उद्घाटन

फालाकाटा : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा बुधबार दस-बेड भएको फालाकाटा सुपर स्पीसिएलिटी अस्पतालमा महत्वपूर्ण देखभाल इकाई (सीसीयू)-को उद्घाटन गरियो। राज्य सरकारको पहलमा फालाकाटामा उक्त अस्पतालको स्थापना वर्ष 2016-मा गरिएको थियो। अबदेखि फालाकाटा, मदारीहाट अनि अलीपुरद्वार नम्बर 2 ब्लकका गम्भीर अवस्थाका रोगीहरूलाई अस्पतालको सीसीयूमा उपचार गरिने बताइएको छ। यस अवधि अलीपुरद्वारका जिल्ला अधिकारी सुरेन्द्र कुमार मीणा, जिल्ला परिषदका अध्यक्ष शिला दास सरकार लगायत अन्य व्यक्ति उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.