फालाकाटा उपचुनाउलाई लिएर दिलीप घोषले गरे बैठक

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको फालाकाट विधानसभा उप चुनाउलाई केन्द्र गरेर भाजपाले आफ्नो राजनैतिक अभियान शुरू गरेको छ। भाजपा राज्य अध्यक्ष दिलीप घोषले शुक्रबार फालाकाटाको जटेश्वरमा भाजपा कर्मीहरूसँग एउटा बैठक गरे। उक्त बैठकमा तिनले आउँदो विधानसभा उपचुनाउबारेमा व्यापक चर्चा परिचर्चा गर्नको साथै पार्टीको तर्फबाट कतिपय आवश्यक निर्देशहरू पनि दिए। उक्त बैठकमा पार्टीको राष्ट्रिय संयोजक अरविन्द मेनन पनि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *