फालाकाटामा प्रशासनद्वारा कोरोना संक्रमितहरूको घर-घरमा खाद्य सामग्री पुर्‍याउने पहल

अलिपुरद्वार : डब्ल्युबीसीएडीसी र राज्य ग्रामीण विकास विभागको संयुक्त पहलमा आज अलिपुरद्वारको फालाकाटा ब्लकको 12 वटा ग्राम पञ्चायत अन्तर्गत 100 जना कोरोना संक्रमित परिवारहरूलाई घर-घरमा खाद्य सामग्रीहरू पुर्‍याउने कार्य शुरू गरियो। एउटा वाहनको माध्यमद्वारा कोरोना संक्रमितहरूको घर-घरमा गएर खाद्य सामग्रीहरू चामल, दाल, तेल, नुन, सब्जी, फल आदि खाद्य सामग्रीहरू पुर्‍याउने कार्य शुरू गरियो। कोरोना संक्रमित भएकोले परिवारका सदस्यहरू घरदेखि बाहिर जान नसकेकोले गर्दा यस्ता परिवारलाई भोजनको समस्या भइरहेको थियो। यसैले तिनीहरूको सहयोग गर्ने उद्देश्य लिएर राज्य सरकारको तर्फबाट डब्ल्युबीसीएडीसीको माध्यमद्वारा दुआरे खाबार अर्थात् दैलोमा खाना कार्यक्रम शुरू गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *