फलामको पाइपलगायत ड्रेन निर्माणको सामग्री चोरी

सिलगढी : सिलगढी नगरनिगमको 24 नम्बर वार्डस्थित फुलेश्वरी बजार संलग्न इलाकामा फलामको पाइपलगायत ड्रेन निर्माणको लागि राखिएको सर-समान चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त इलाकामा केही दिनदेखि सडक र ड्रेन निर्माणको कार्य चलिरहेको छ। उक्त इलाका निवासी साधन रायको घर पछिल्तिर ड्रेन निर्माणको लागि फलामको पाइपलगायत अन्य सर समान राखिएको थियो भने गत राति उक्त सर समानहरू चोरी भएको बताइएको छ। फुलेश्वरी रेल लाइन संलग्न इलाकामा धेरै दिनदेखि चोरीको घटना घटिरहेको साथै रात परेपछि रेल लाइन इलाकामा नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गरेको स्थानीय साधन रायले बताए। चोरीको घटनाबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *