फारममा हात काटेर दिइसकेपछि पाँच डेसिमल वाहेक अरू जमिनको मालिकाना हक कसरी पाउँछ: डीके गुरूङ

दार्जिलिङ (निसं) : पहाडको सत्ता दलले चिया श्रमिकहरूमाथि शोषण गर्ने काम मात्र गर्दै आइरहेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष डीके गुरूङले आरोप लगाएका छन्। जोइण्ट फोरमले आज लिङगिया चिया बगानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त मन्तव्य पोखेका हुन्। तिनले सभालाई सम्बोधन गर्दै भने, राज्य सरकार र पहाडको वर्तमान राजनैतिक पार्टीको नेतृत्वहरूले चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टा जबर्जस्ती थोप्ने काम गर्दैछ। हामीले पट्टाको विरोध गरेका छैनौ, हामीलाई पटटा चाहिन्छ तर पाँच डेसिमल होइन हाम्रो पिता-पूर्खा भन्दा अघिदेखि कमाउँदै आएको सबै जमीनको पट्टा चाहिन्छ। तर अफसोस् यहाँ लिनेलाई भन्दा पनि ज्यादा हतार दिनेलाई भएको देखिँदैछ भन्दै डीके गुरूङले व्यङ्ग्य कसे। तिनले अझ भने, यो पाँच डेसिमल जमिनको पट्टाले भविष्यमा तपाई हामीलाई समस्यामा पार्न सक्छ। यो चिया श्रमिकहरूको निम्ति अति नै घातक रहेको छ। पट्टालाई लिएर अहिले फारमहरू वितरण गर्ने कार्यहरू भइरहेको छ अनि वितरण गरिएको फारममा हामीलाई किरायदारको रूपमा राखिएको छ। सरकारले तपाई हामीलाई यो पाँच डेसिमलको जमिन पट्टा किरायदारको रूपमा दिनु चाहँदैछ तर एकजना किरायदारले आफु बसेको जमीन बिक्री गर्न सक्दैन। हामी भूमिहिन होइनौ, हामी भूमिसँगै आएका हौ।

 

पहाडमा 1836 देखि चियाको खेती शुरू भएको हो। पहाडको झार-जंगल फाँडेर चियाका विरूवाहरू लगाउने हाम्रै पूर्खाहरू थिए। त्यो भन्दा अघिदेखि नै हाम्रा पूर्खाहरूको नाममा एक ऐकर, दुई ऐकर जमिनहरू थियो अनि हाम्रो पूर्खाहरूले त्यसको खजाना तिर्ने गर्थे। पहाडको सत्ता दलको नेतृत्वहरूले जग्गा-जग्गामा पाँच डेसिमल पट्टाको फारमहरू वितरण गर्दैछ। वितरण गरिएको फारमको अन्तमा पाँच डेसिमल जमिन वाहेक बाँकी जमिनको मालिकाना अधिकार म हुने छुइनँ भन्ने शब्दको प्रयोग गरिएको छ भनि गुरूङले बताए। अर्कोतिर, जिल्लाधिकारीले मिडिया रिपोर्टमा सबै जमिनको पट्टा पाउँछ भनेर भन्छ तर फारममा हात काटेर दिइसकेपछि कसरी पाउँछ भन्दै गुरूङले प्रश्न तेर्साएका छन्। तिनले अझ भने, भागोप्रमो-को पञ्चायत बोर्डहरूले जनताको पक्षमा राम्रो काम गर्नको साटो पाँच डेसिमल पट्टा थोप्ने विषयमा प्रस्ताव पारित गरेको छ यस्ता विषयमाथि जनता होसियार बस्नु पर्छ। पहाडको सत्ता दलले चिया श्रमिकहरूमाथि शोषण गर्ने काम मात्र गर्दैछ। गत 2017 भन्दा अघि पहाडको चिया श्रमिकहरूले 20 प्रतिशत पूजा बोनस पाउँथे तर तिनीहरूले चिया श्रमिकहरूको पूजा बोनसलाई दुई किस्तामा गरी दिए, यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ भन्दै गुरूङले प्रश्न तेर्साए। 2017-को एक सय पाँच दिनको बन्दमा सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, नीजि कम्पनीहरूतिर काम गर्ने सबै कर्मचारीहरूले वेतन पाए तर हाम्रा नेतृत्वको कारण चिया श्रमिकहरूले फुटेको कौडी समेत नपाएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes