फेसिस्टवादको विरोधमा सिलगढीमा सङ्गोष्ठी

सिलगढी : फेसिस्टवादको आक्रमण रोक्ने उद्देश्य लिएर कम्युनिष्ट पार्टीले कलेजका विद्यार्थीहरूलाई साथमा लिएर सिलगढीको जीटीएस क्लबमा आज एउटा सङ्गोष्ठीको आयोजना गर्यो। एसएफआईका सचिव सागर शर्माले बताएअनुसार प्रत्येक कलेज, विश्वविद्यालयमा हाल भाजपाको संगठन आरएसएसले फेसिस्टबाद (Fascism)-लाई लागू गरिरहेको छ। यसलाई लिएर साम्प्रदायिकता पनि फैलाइरहेको आरोप लगाउँदै विशेष गरेर विद्यार्थीहरूमाथि शोषण अत्याचार गर्नको साथै तिनीहरूको बोल्ने अधिकार समेत खोसेको छ।


यसैले गर्दा नै सबै कलेज, विश्वविद्यालयका विद्यार्थीहरूलाई यसबारे सजग गराउनको साथै ऐक्यबद्ध गराउने उद्देश्यले उक्त सङ्गोष्ठीको आयोजना गरेको तिनले बताए। आजको सम्मेलनमा सबै विद्यार्थीहरूले आआफ्नो मन्तव्य प्रकट गरे। यसको साथै सम्मेलनमा आज विद्यार्थीहरूको अन्य विविध विषयहरूलाई लिएर पनि चर्चा परिचर्चा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *