फादर अब्राहमको पुण्यतिथिमा ईभान फाउण्डेशन-द्वारा विरुवा रोपन कार्य

खरसाङ (निसं): खरसाङको ईभान फाउन्डेसनले फादर अब्राहामको पुण्य तिथिको अवसरमा अनि भिक्टोरिया निवासी केबी गुरुङको स्मृतिमा खरसाङको हरिदास जंगल अनि डाउहिल रोडको छेउमा विभिन्न प्रजातिका फूल अनि रूखका बिरूवाहरू लगाइयो। फादरसँग जीवनभर एकै साथ रहेका सुधीर भित्रीकोटी, सविता शर्मा, पार्वती शर्मा, निता सार्की, रिता रन्जन लगायत केबी गुरुङको बुहारी रञ्जीता गुरुङ पनि उपस्थित भएर रूख अनि फुलका विरूवाहरू रोपे। यस अवसरमा फादरले समाज अनि पर्यावरण विषयमा गरेका विभिन्न कार्यबारे सुधीर भित्रीकोटीले बताए। पत्रकारहरूसित कुराकानी गर्दै ईभान फाउण्डेशन-का अध्यक्ष प्रशान्त शर्माले आज फादर अब्राहमको पुण्यतिथिमा विभिन्न प्रजातिका फुल तथा रुखका विरूवाहरू रोप्ने कार्य गरेको साथै यस अवसरमा फादर अब्राहमसितै कार्य गर्ने व्यक्तिहरू पनि उपस्थित रहेको बताए। उक्त कार्यको निम्ति तिनले उपस्थित सबैलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *