फादर सोलोमोन सुब्बाद्वारा आरूबोटेका पैह्रो पीडितहरूलाई सामग्रीसहित आर्थिक सहयोग

बिजनबारी : युनाइटेड ख्रीष्टियन माइनोरी अर्गनाइजेसन चेयरम्यान फादर सोलोमोन सुब्बाले आज दोस्रोपल्ट बिजनबारीको पैह्रोग्रस्त आरूबोटे क्षेत्रको भ्रमण गरे। यस अवसरमा तिनले पीडित 36 परिवारका सदस्यहरूलाई एक बोरा चामल, दुई केजी तेल, दुई केजी दाल, अनि दुई-दुई हजार रुपियाँ प्रत्येकलाई प्रदान गरे। यस राहत सामग्री युनाइटेड ख्रीष्टियन माइनोरि अर्गनाइजेसन पक्षबाट फादर सोलोमोन सुब्बा अनि विशेष रेलिङ युनिट अनि मेरिबुङ युनिटले सहयोग पुर्‍याएको थियो। राहत वितरण गर्ने क्रममा फादरले आरूबटेका परिवारहरूलाई सक्दो सहयोग गर्ने वचन दिनको साथै आगामी दिनहरूमा जमिन उपलब्ध भए घर समेत बनाई दिने आश्वासन दिएका छन्। यस अवसरमा फादर सोलोमोन सुब्बा लगायत पास्टर विशेष सुब्बा, पास्टर सुरेन सुब्बा, पास्टर ज्याकोब राई, पास्टर दिपक राई अनि पास्टर अमित सिङ्गोक उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *