फिस माफ गरिनुपर्ने लगायत विविध मागमा अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट अर्गनाइजेसन-द्वारा विक्षोभ

अलिपुरद्वार : कोरोनाको नियम पालन गर्दै सबै शिक्षा प्रतिष्ठानहरू हाल खुल्लै रहेको छ। एघारौँ तथा बाह्रौँ श्रेणीको भर्नामा फिस माग गरिनुपर्ने माग गर्दै अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट अर्गनाइजेसन अलिपुरद्वार जिल्ला कमिटीद्वारा आज अलिपुरद्वार जिल्ला विद्यालय परिदर्शक कार्यालय अघि विक्षोभ प्रदर्शन गरियो। डीएओ नेतृत्वहरूले बताएअनुसार धेरै महिना अघिदेखि शिक्षा प्रतिष्ठानहरू बन्द रहेकोले गर्दा विद्यार्थीहरूले पठन-पाठन गर्न पाएका थिएनन्। यसैले गर्दा कोरोनाको सबै नियमहरू पालन गर्दै सबै शिक्षा प्रतिष्ठानहरू खुल्ला राख्ने साथै एघारौँ तथा बाह्रौँ श्रेणीको भर्नामा फिस माफ गरिनुपर्ने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.