फिस माफ गरिनु पर्ने मागमा विवेकानन्द कलेजका विद्यार्थीहरूद्वारा डुवर्सकन्या अघि धरना प्रदर्शन

अलिपुरद्वार: विद्यार्थीहरूको भर्ना फिसलगायत सबै शुल्क माफ गरिनु पर्ने माग गर्दै आज अलिपुरद्वार विवेकानन्द कलेजका विद्यार्थीहरूले अलिपुरद्वार जिल्लाको प्रशासनिक भवन डुवर्सकन्या अघिल्तिर धरना प्रदर्शन गरे। यसभन्दा केही दिन अघि पनि विवेकानन्द कलेजका विद्यार्थीहरूले फीस माफ गरिनु पर्ने माग गर्दै पथावरोध गरेर विरोध प्रदर्शन गरेका थिए। आज विद्यार्थीहरूले फेरि उक्त मागलाई लिएर डुवर्सकन्या अघिल्तिर धरना प्रदर्शन गरे। यस अवसरमा विद्यार्थीहरूले बताए अनुसार कोरोना महामारीले गर्दा सबै परिवारको आर्थिक स्थिति हाल धेरै दयनीय बन्न पुगेको छ। यसैले गर्दा कलेजको प्रवेश शुल्क सहित अन्य सबै फीस माफ गरिनु पर्छ भन्ने आफुहरूको माग रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *