फिङ्गर प्रिन्ट पनि अब असुरक्षित, सिलगढीका अवकाशप्राप्त रेलकर्मीको ब्याङ्क खाताबाट निकाल्यो 20 हजार

सिलगढी : साइबर अपराधीहरूले फिङ्गर प्रिन्टलाई हतियार बनाएर सिलगढीका अवकाश प्राप्त एकजना रेलकर्मीको अकाउन्टबाट रुपियाँ निकालेको घटना प्रकाशमा आएको छ। गत 27 र 28 दिसम्बरमा साइबर अपराधीहरूले सिलगढीको भक्तिनगर इलाका निवासी कृष्णेन्दु गुह रायको ब्याङ्क अकाउन्टबाट दुईपल्ट गरेर मोठ 20 हजार रुपियाँ निकालेको बताइएको छ। यसपछि तिनले तत्कालै ब्याङ्क कर्तृपक्ष र पुलिसलाई यसबारे जानकारी गराए। कृष्णेन्दु गुह रायले बताएअनुसार पेन्सनको भरमा तिनको घर संसार चल्ने गर्दछ। कसरी ब्याङ्क अकाउन्टबाट रुपियाँ निकाल्यो भन्ने बारे तिनले बुझ्न सकेनन्। तिनको आधार कार्डको फिङ्गर प्रिन्ट प्रयोग गरेर तिनको अकाउन्टबाट रुपियाँ निकालेको हुनसक्ने पुलिसले एउटा म्यासेजको आधारमा अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *