फ्याँकिएका प्लास्टिकका बोतलहरूद्वारा देवाल निर्माण

मिरिक : लेट्स गो जिरो वेस्ट मिरिक टीमले मिरिकलाई प्लास्टिकमुक्त, फोहोरमुक्त बनाउने दिशालाई एक कदम अघि बढाएको छ। मिरिकको हेलीप्याड परिसरमा लेट्स गो जिरो वेस्ट मिरिकका युवाहरूले हिजो र आज फ्याँकिएको प्लास्टिकका बोतलहरूलाई काममा लगाउँदै यसको ईँटा तयार गरेर हेलीप्याडमा एउटा देवलको मोडल तयार गरेका छन्।


फ्याँकिएको प्लास्टिकका बोतलहरूलाई नफ्याँकेर कुनै न कुनै ठाउँमा काममा लगाए जताततै प्लास्टिक बोतलले हुने हानीबाट जोगाउन सकिन्छ भन्ने उद्देश्य लिएर उक्त पहल शुरू गरेको लेट्स गो जिरो वेस्ट मिरिकले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *