फुड सब इन्स्पेक्टरको परीक्षामा इलेक्ट्रनिक डिभाइस सहित पक्रा पर्यो परीक्षार्थी

सिलगढी (निसं)डब्ल्युबीपीएससी फुड सब इन्स्पेक्टरको परीक्षा दिन आएका एकजना परीक्षार्थीलाई सिलगढी थाना पुलिसले आज परीक्षा केन्द्रबाट इलेक्ट्रनिक डिभाइस सहित हिरासतमा लिएको छ। पुलिसले उक्त परीक्षार्थीसित सोधखोज गरिरहेको छ। प्राप्त जानकारी अनुसार राज्यमा फुड सब इन्स्पेक्टरको परीक्षा सम्पन्न भयो। आज परीक्षा अवधि तारापद आदर्श विद्यालय परीक्षा केन्द्रबाट एकजना परीक्षार्थीलाई इलेक्ट्रनिक डिभाइसको सहयोगमा चिटिङ गरिरहेको समय परीक्षा केन्द्रमा उपस्थित अधिकारीले देखेपछि परीक्षार्थीले इलेक्ट्रनिक डिभाइस झ्यालबाट बाहिर फ्याँकिदिए। उक्त अधिकारीले पुलिसलाई घटनाबारे जानकारी गराएपछि पुलिस घटनास्थलमा पुगेर इलेक्ट्रनिक डिभाइस उद्धार गर्नको साथै परीक्षा समाप्त हुनसाथ उक्त परीक्षार्थीलाई पुलिसले हिरासतमा लिएर सिलगढी थानामा लगेको बताइएको छ। स्मरण रहोस्, आज नै इलेक्ट्रनिक डिभाइसको सहयोगमा चिटिङ गरेको आरोपमा सिलगढी मेट्रोपोलिटन पुलिसको तीनवटा थानाले 5 जना परीक्षार्थीलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *