फूलबारी महानन्दा ब्यारेजबाट अज्ञात व्यक्तिका शव उद्धार 

राजगञ्ज (निसं):  फूलबारी महानन्दा ब्यारेजबाट आज बिहान एकजना अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले फूलबारी महानन्दा ब्यारेजको लक गेटमा पानीमा तैरिरहेको अवस्थामा एउटा शव देखे। यसपछि तिनीहरूले फाँसीदेवा थाना पुलिसलाई यसबारे सूचना दिए। खबर पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरे अनि यसपछि शवलाई पोस्टमार्टमको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।  


अर्कोतिर, स्थानीय मानिसहरूले बताए अनुसार कहिले-काही ब्यारेजमा बगाएर ल्याएको अज्ञात मानिसहरूको लाश देखिन्छ। आज बिहान पनि यस्तै एउटा लाश देखा पऱ्यो। यसपछि पुलिसलाई सूचना दिएपछि घटनास्थलमा आएर पुलिसले शवलाई उद्धार गरेर शवलाई पोस्टमर्टमको लागि पठाइदिएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *