फुटबल कोचिङ सेन्टरका खेलाडीहरूलाई खाद्य सामग्री वितरण

सिलगढी : सिलगढी ईस्ट बेङ्गाल फ्रेन्ड्स क्लबको आयोजनामा आज यहाँका आवश्यकमन्द विभिन्न खेलाड़ीहरूलाई खाद्य सामग्री वितरण गरियो। देशमा कोरोना संक्रमितपछि सम्पन्न विकट परिस्थितिलाई ध्यानमा राख्दै आज सिलगढी ईस्ट बेङ्गाल फ्रेन्ड्स क्लबद्वारा यहाँको कञ्चनजङ्घा स्टेडियम परिसरमा 10 वटा फुटबल कोचिङ सेन्टरका आवश्यकमन्द खेलाडीहरूलाई खाद्य सामग्री वितरण गरियो। यस अवसरमा मन्त्री गौतम देव, आईसी सुदीप चक्रवर्ती, ईस्ट बेङ्गल क्लबका पूर्व खेलाडी मनोज मोहम्मद, बङ्गरत्न भारती घोष लगायत क्लबका अन्य सदस्यहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *