फुट ब्रिजको मेयर गौतम देवले गरे शिलान्यास

सिलगढी : सिलगढी नगरनिगमको पहल तथा उत्तरबंग विकास विभागको आर्थिक सहयोगमा 35 नम्बर वार्डको सहिद कोलनीमा निर्माण गरिने नयाँ फुट ब्रिजको मेयर गौतम देवले आज शिलान्यास गरे। सिलगढी नगरनिगमको 35 नम्बर वार्ड अन्तर्गत पर्ने सहिद कोलनी र एनजेपी आईओसीलाई जोड्ने फुट ब्रिज हाल बेहाल अवस्थामा रहेकोले स्थानीय मानिसहरूलाई धेरै समस्या भइरहेको छ।


यसैले गर्दा इलाकाका मानिसहरूले धेरै दिन अघिदेखि नयाँ फुट ब्रिज निर्माण गरिदिने माग गरिरहेका थिए। अन्ततः सिलगढी नगरनिगमको पहल तथा उत्तरबंग विकास विभागको आर्थिक सहयोगमा लगभग 80 लाख 91 हजार रुपियाँको लागतमा नयाँ फुट ब्रिजको निर्माण गरिने मेयर गौतम देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *