फुटपाथमा बस्नेहरूको स्वास्थ्य जाँच शिविर

सिलगढी : युनिक वेलफेयर एसोसिएशन र सिलगढी ब्लड डोनर फोरम-ले संयुक्त रूपमा आज स्वास्थ्य जाँच शिविरको आयोजना गर्यो। विशेष गरेर घरविहीन सडकमा बस्ने मानिसहरूको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरको माध्यमद्वारा फुटपाथमा बस्ने असहाय मानिसहरूलाई तिनीहरूको स्वास्थ्य जाँच गराए। फुटपाथमा बसोबास गर्ने मानिसहरूको लागि प्रत्येक महिना यस प्रकारको कार्यक्रमको आयोजना गरिने सिलगढी युनिक वेलफेयर एसोसिएशनका सदस्य शक्ति पालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *