सिलगढी, 8 अप्रेलः सिलगडीको भोटिया मार्केट संलग्न क्षेत्र र शेठ श्रीलाल मार्केटमा फुटपाथ कब्जामुक्त गर्ने उद्देश्य लिएर सिलगढी नगर निगमले अभियान चलायो।
मंगलवार बिहान सिलगढीको भोटिया मार्केट संलग्न क्षेत्र लगायत ईष्ट बंगाल रोड, तिलक रोडमा दखल गरेका फुटपाथ कब्जामुक्त गरियो। यस दिन फुटपाथमा रहेका लगभग 18 वटा दोकानहरू भत्काइदिएको छ। त्यसपछि सिलगढी शेठ श्रीलाल मार्केटमा एकजना व्यापारीले लामो समयदेखि अवैध रूपमा दोकान चलाइरहेका थिए। त्यो दोकानको अवैध अंश पनि आज भत्काइदिएको छ।
यस विषयमा डेप्युटी मेयर रञ्जन सरकारले भने, “केही व्यापारीहरूले सडकको फुटपाथ कब्जा गरेर दोकानहरू खोलिरहेका थिए, जसको कारण यातायात अवरोध भएर समस्या भइरहेको थियो। यसअघि पनि फुटपाथ कब्जामुक्त गर्न नगरनिगमद्वारा अभियान चलाइएको थियो। भोटिया मार्केटको सडक धेरै व्यस्त सडक हो, त्यसैले आज फुटपाथ कब्जामुक्त गर्न अभियान चलाइएको हो।”